अन्नपूर्ण क्लबलाई साबिक वडास्तरीय चुँदेर कपको उपाधि
तनहुँ | बैशाख २५, २०८०
पोखरा: तनुहँको चुँदेर युवा क्लबद्वारा आयोजित प्रथम चुँदेर कप साबिक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण युवा क्लब शुक्लागण्डकी २ कोत्रेले जितेको छ ।
व्यास नगरपालिका ५ मा चुँदेर खेल मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा सिद्धबाबा युवा क्लब व्यास १३ लाई २५–२१ र २५–२२ को सोझो सेटमा हराउदै अन्नपूर्णले उपाधि जितेको हो ।
उपाधिसँगै अन्नपूर्ण क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्याे । यसैगरी उपविजेता बनेको सिद्धबाबा क्लबलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष सुक बहादुर थापामगरले जानकारी दिए ।

उनका अनुसार सान्त्वना स्थान हासिल गरेको त्रिवेणी युवा क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे ।
प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा अन्नपूर्ण युवा क्लबका रवि गुरुङ घोषित हुदै पुरस्कृत भएको खेल संयोजक कुशल थापाले बताए । उनका अनुसार उत्कृष्ट स्पाइकरका रुपमा त्रिवेणी युवा क्लबका विवेक कुमाल र उत्कृष्ट लिफ्टरका रुपमा सिद्धबाबा क्लबका नवीन आले पुरस्कृत भए ।
प्रतियोगिताबाट विजेता तथा उपविजेता टोलीलाई व्यास नगरपालिका ५ का वडाध्यक्ष विष्णु कुमार श्रेष्ठ तथा पुरस्कार प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष श्रेष्ठले स्थानीय स्तरको खेलाडी उत्पादन गराउनका लागि वडास्तरीय प्रतियोगिताको आवश्यकता रहने धारणा राखे ।
उनले आगामी दिनमासमेत सो प्रकारका प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै आफ्नो तर्फबाट पनि सहयोग गर्ने बताए । उनले प्रतियोगिताले प्रतिभावान खेलाडीलाई अवसर मिल्ने बताउदै प्रोत्सहान गर्न अपरिहार्य रहेको उल्लेख गरेका थिए ।

सो प्रतियोतिको प्रथम पुरस्कार बेलायती सेना विजय सुनारले, द्वित्तिय पुरस्कार पोखरा इन्जिनियरिङ क्याम्पसका सहायक प्राध्यापक इन्जिनियर यम बहादुर थापामगरले र तृतीय पुरस्कार पुष्पराज ओझाले प्रायोजन गरेका थिए ।
क्लबका अध्यक्ष सुक बहादुर थापामगरको सभापतित्वमा भएको पुरस्कार वितरण तथा समापन समारोहको सञ्चालन विकास थापामगरले गरेका थिए ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

